प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गरेका छन । शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर लूले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन ।

भेटमा नेपाल–अमेरिकाबीच मैत्रीपूर्ण सहयोग र सम्बन्धका विषयमा विचार आदान–प्रदान भएको जानकारी प्रधानमन्त्री देउवाले ट्वीटमार्फत सार्वजनिक गरेका छन ।

प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तर विकास सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिँदै अमेरिकी सरकारबाट उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा गरेको उल्लेख गरेका छन ।

भेटमा विगत ७५ वर्षको नेपाल–अमेरिका साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्धलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन ।

दुई दिने नेपाल भ्रमणमा बिहीबार नेपाल आइपुगेका लूले यसअघि परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

 

शुक्रबार, १३ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा