Trending
बाँकेको कोहलपुरमा आफ्नै घरमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।
कोहलपुर १० स्थित पार्वतीपुरमा आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् ।
श्रीमान बाहिर र श्रीमती घरभित्र मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रीमानको हातमा चोट देखिएको र श्रीमतीको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको छ ।
बाँके प्रहरीले उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ ।