Trending
नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका छन । यादव पूर्वउपसभामुखसमेत हुन भने विश्वकर्मा पूर्वमन्त्री हुन ।
कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त भएको हो ।
यसैगरी यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि गत साता सो पद पनि रिक्त भएको थियो । दुवै पदमा आज कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता देउवाले सो नियुक्ति गरेका हुन ।
संसद्मा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ ।