भरतपुर प्रादेशीक अस्पताललाई काठमाडौस्थित ईश्वर मन्दिरले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमकाबीच बिभिन्न रोगका बिरामीको रक्त अवस्था पत्ता लगाउनको लागि आवश्यक पर्ने उपकरण ईलेक्ट्रो लाईट र एनालाईजरसहीतका उपकरण हस्तान्तरण गरीएको हो ।

अष्ट्रेलियामा रहेका नेपालीहरुको संस्था अमेजिन प्यारेन्स्संगको सहकार्यमा ईश्वर मन्दिरले उपकरण हस्तान्तरण गरेको हो । संस्थाका संरक्षक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विपन्न वर्गको उपचारमा पहुँच पुगोस भन्ने उद्धेश्यले उपकरण हस्तातरण गर्रीको जानकारी दिनुभयो । यसले उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. भोजराज अधिकारी, अस्पताल प्रमुख प्राध्यापक डा. कृष्णप्रसाद पौडेलले दैनिक दुईहजार बिरामीको चाप हुने ८ जिल्लाका झण्डै ३५ लाख जनसंख्यालाई उपचार धानिरहको अस्पतालकालागि उपकरण महत्वपूर्ण रहेको बताउनुभयो । डा. अधिकारीले स्वास्थ्य उपकरणले यस क्षेत्रका बिरामीको उपचारमा सहज पहुँच पुग्ने पनि बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रमेश केसी, स्वयंसेवक आरोहणनरसिंह खड्काले शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा संस्थाका गतिबिधिबारे जानकारी गराउनु भएको थियो ।

शुक्रबार, १० असार, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो