Trending
काठमाडौँ – साताको अन्तिम कारोबारको दिन विहीबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । विहीबार नेप्से २३.९५ अंकले घटेर २ हजार ५४४ दशमलव ३० विन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ७२ अंकले घटेको छ ।
आज २ अर्ब भन्दा पनि कम कारोबार भएको छ । दिनभर भएका ३७ हजार ४२९ कारोबारबाट ३७ लाख ८७ हजार ४५ कित्ता धितोपत्र कारोबार भए । जसबाट कारोबार रकम १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा झरेको छ ।