Trending
काठमाडौँ – विहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मूल्य बिहीबार एक सय रुपैयाँले बढेर तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, जावी सुनको मूल्य तोलाको ९८ हजार चार सय रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । प्रति तोलामा १० रुपैयाँले घटी एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।