Trending
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४० जनाको पीसीआर परीक्षण गर्दा २५ जना र १ हजार २५२ एन्टीजेन परीक्षण गर्दा एक जना गरी कुल २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा १ हजार १४६ सक्रिय संक्रमित छन् भने ७७ जना संक्रमणमुक्त भएका छन् । आज मुत्यु हुनेको संख्या भने शुन्य रहेको छ ।