काठमाडौँ – खातुन केयर फाउन्डेसन कुपण्डोलले सुदूरपश्चिमको प्रदेश नं ७ मा पर्ने दुर्गम जिल्ला, बाजुराका विपन्न परिवारलाई पहिलो खेपमा दुई सय पचास प्रोटिनका बट्टा सहयोग पठाइएको फाउन्डेसनका संयोजक तथा काँग्रेसका युवा नेता डा. अबुल हुसैन अन्सारीले बताएका छन् ।

उक्त फाउन्डेसनका अध्यक्ष डा. इमराना खातुनका अनुसार बाजुराको मुक्तिकोट गाउँमा कुपोषणले भयावह रूप लिएको छ । त्यस क्षेत्रमा ९५ प्रतिशत बालबालिका तथा महिला कुपोषणको शिकार हुन पुगेका छन् । त्यस्तै दुईसय भन्दा बढी बालबालिका कुपोषणका कारण बिरामी तथा असार यता १५ बालबालिकाको मृत्यु समेत भइसकेकोले मानवीय सहायता स्वरूप तीनलाख रुपैंया बराबरको दुई सय पचास प्रोटिन बट्टा सहयोग गरिएको उनले बताइन् ।

मुक्तिकोट गाउँमा पोषणयुक्त खाना र स्वच्छ पिउने पानीको अभावमा मानिसहरू कुपोषित हुने गरेका छन् । यही कारणबाट प्रत्येक वर्ष सरदर ४८ बाल–बालिका, किशोर किशोरी र आमाहरूको कुपोषणकै कारण मृत्यु हुने गरेको छ । यो गाऊँ भौगोलिक रूपले बिकट तथा भिरालो ठाउँमा रहेकोले मौसमी खेतीपाती हुँदैन । स्थानीयले उक्त क्षेत्रमा खेतीका लागि कोसिस गरेपनि खडेरी तथा पहिरोका कारण उत्पादन शून्य बनाइदिएको छ ।

मुक्तिकोट गाउँका जनताको जीविकोपार्जनका लागि खाद्यान्न तथा शिशुहरूका लागि सर्वोत्तम पिठो, सेरेल्याक तथा ल्याक्टोजेन दुग्ध जस्ता सामाग्री सहयोग पठाइने फाउन्डेसनले योजना बनाएको जनाइएको छ । यस अघि खातुन केयरले देशका दुर्गम, तराई तथा पहाडी भेगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन मार्फत विपन्न वर्गमा विभिन्न प्रकारका औषधि समेत निःशुल्क वितरण गर्दे आएको छ ।

 

शनिबार, १२ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान