काठमाडौँ – संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानले संखुवासभास्थित अपर अरुण आयोजनामा उद्योग व्यवसायीलाई लगानी गर्ने बातावरण बनाउन सरकारसंग माग गर्नु भएको छ ।

काठमाडौँ  जर्नालिष्ट एशोसियसनको कार्यालय काठमाडौँमा भएको भेटमा अध्यक्ष प्रधानले जिल्लाको गौरवको आयोजनामा संखुवासभाका उद्योगि व्यवसायी लगानी गर्न तयार रहेको बताउनुभयो । आफूले ज्ञापनपत्र मार्फत लगानीको सुनिश्चितताको ग्यारेण्टी गर्न सरकारसंग माग गरी सकेको भन्दै लगानीबाट उद्योगि व्यवसायीलाई बाहिर नराख्नको लागि आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो आयोजना जिल्लावासीले बनाउने हो । यसमा सबैले लगानी गरेर अपनत्व ग्रहण गर्न सक्नु पर्छ । हामी लगानीको लागि तमतयार रहेर बसेका छौ, सरकारले यसको वातावरण चाडै मिलाई दियोस् ।’

उहाँले उद्योग वाणिज्यसंघ मार्फत सबै व्यवसायीलाई लगानीको लागि आग्रह गरी सकिएको भन्दै जनताको लगानीमा बन्न सक्ने आयोजना भएकाले यसमा विदेशी पूँजी आवश्यक नरहेको पनि प्रष्ट पार्नुभयो । स्थानीय भोटखोलावासी, संखुवासभावासी, भोजपुरवासी, स्थानीय सरकार, प्रदेश १ सरकार र विदेशमा रहेका संखुवासभाका नागरिक पनि यसमा लागनी गर्न तयार रहेको उहाँको भनाई थियो ।

संखुवासभाको भोटखोला आयोजना स्थल रहेको अपर अरुणको क्षमता १०६१ मेगावाट हो । आठ बर्षभित्र सम्पन्न गर्न सकिने यो आयोजनाका लागि झण्डै २ खर्ब ५० करोड रुपैया लाग्ने अनुमान गरिएको छ ।

शुक्रबार, ११ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान