काठमाडौँ — कैलाली प्रहरीमा मंगलबार बिहान खबर आयो, गोदावरी नगरपालिका–१, बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखेको प्रेसरकुकर छ । प्रहरी टोलीले बम हुन सक्ने आशंकामा सेनालाई खबर गर्‍यो । केही समयपछि सेनाको टोली घटनास्थलमा पुग्यो । सेनाले डिस्पोज गर्दा प्रेसरकुकरभित्र विस्फोटक पदार्थ नभई सुनका गहना भेटियो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी नवराज पोखरेलले भने, “बम सोचेको त चार तोला बराबरको सुनका गहना भेटियो । हामी पनि अचम्ममा पर्‍यौँ । घटनाबारे थप अनुसन्धान जारी छ ।” सुनसँगै कुकरमा एक नोट पनि थियो । जहाँ लेखिएको थियो, “आफूलाई ठूलो नसम्झिनू । घमण्ड नगर्नू । सबैसँग मिलेर बस्नू ।”

प्रहरीका अनुसार प्रेसरकुकरभित्र भेटिएका सुनका गहना नवीन साहकै परिवारको रहेको खुलेको छ । गएको मंसिर १४ गते साहको घरबाट १० तोला सुनका गहना चोरी भएको थियो । त्यसबारे प्रहरीमा उजुरी पनि दिइएको थियो । डीएसपी पोखरेलका अनुसार सुन चोरी प्रकरणमा प्रहरीले केही व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो ।

चोरले आफ्नो पोल खुल्ने डरले गहना फिर्ता गर्न प्रेसरकुकर बमको बहाना बनाएको हुन सक्ने प्रहरी आशंका छ । साहु परिवारले सुन आफ्नो भएको सनाखत गरेको छ । अझै केही सुन हराइरहेको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पोखरेलले बताए । प्रहरीका अनुसार साहु दम्पती काठमाडौं आएको बेला ताल्चा, ढोका र दराज तोडेर गहना चोरिएको थियो ।

बुधबार, ९ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान