काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरले एमाले रोज्नुको कारण नै अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर बताएकी छिन् । मंगलबार नेकपा एमालेमा प्रवेश गरेपछि उनले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन् । उनले भनिन् ‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु’।

साथै उनले तीन दशक कलाकारिता क्षेत्रमा गरेको संघर्ष मुलुककै लागि भएको बताएकी छिन् । मानन्धरले कला क्षेत्रबाट अगाडि बढ्नका लागि राजनीतिमा प्रवेश गरेको बताइन । कला क्षेत्रको पक्षबाट मुलुकको लागि योगदान गरिरहेको उनको दाबी छ ।

एमालेले महिलाहरुलाई अगाडि बढाएकोमा पनि आफू एमाले प्रवेश गरेको उनले बताइन् । नेपाली जनताले एमालेप्रति आस्था राख्ने भएकोले पनि आफूले एमाले नै रोज्नुको कारण भएको उनले बताइन् । साथै ओलीको कुरा सुनेर आफू नथाक्ने उनको भनाइ छ । नेपालको अधिकांश भुभागमा ओलीको गुनगान गाइने करिश्माको दाबी छ ।

मङ्लबार, ८ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो