काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गर्न सक्ने दाबी गरेका छन् ।

बाइडेनले युक्रेन युद्धमा बेहोर्नु परिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिन रासायनिक हतियारको प्रयोगतर्फ उन्मुख भएका र त्यसको तयारी स्वरुप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका झुटा खबर फैलाउन थालेको बताएको बीबीसीले जनाएको छ ।

बितेको २६ दिनकोे लडाइँमा युक्रेनी सेनाको चर्को प्रतिरोधले पुटिनले धक्का पाएको र अब चर्को कारबाहीतर्फ अघि बढेका बाइडेनको दाबी छ । बाइडेनले अमेरिकाले युरोपमा जैविक तथा रासायनिक अस्त्र भण्डार गरेको वा युक्रेनमा त्यस्ता अस्त्र रहेको भन्ने रुसी दाबी पूरै असत्य भएको बताए । त्यस्ता हमलालाई रोक्न र प्रतिक्रिया जनाउन अमेरिकाले सबै किसिमको प्रयत्न गर्ने पनि बाइडेनले बताए ।

 

 

मङ्लबार, ८ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान