Trending
काठमाडौँ – नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण आज प्रदेश १ लगायत अधिकांश पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो पहाडी भूभागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । महाशाखाले चट्याङसहित वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
मंगलबार पनि मुलुकका पहाडी भूभागमा आंशिक बदली रहने छ । बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने छ । केही स्थानमा वर्षाको सम्भावना रहेको जनाइएको छ ।