काठमाडौँ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका माध्यमबाट सफलता हासिल नभए रुस–युक्रेन युद्ध अन्ततः तेस्रो विश्वयुद्धमा परिणत हुने बताएका छन् । आइतबार अमेरिकी न्यूज च्यानल ‘सीएनएन’सँग कुरा गर्दै जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ताका लागि तयार रहेको पनि बताए । उनले युद्ध समाप्त गर्ने एकमात्र तरिका वार्ता नै रहेको प्रस्ट पारे ।

जेलेन्स्कीले भने, ‘मलाई लाग्छ, हामीले वार्ताको सम्भावनाका लागि कुनै पनि प्रारुप, कुनै पनि अवसरको उपयोग गर्नुपर्छ ।’ यद्यपि जेलेन्स्कीले रुसको प्रायोजित पृथकतावादी क्षेत्रलाई स्वतन्त्र क्षेत्रका रुपमा मान्यता दिनुपर्ने कुनै पनि सम्झौता अस्वीकार्य रहेको प्रस्ट पारे ।

उनले युक्रेन नेटो संगठनको हिस्सा भएको भए यो लडाइँ सुरु नै नहुने पनि बताए । उनले भने, ‘यदि नेटोका सदस्यले हामीलाई गठबन्धनमा सामेल गराउन चाहने हो तुरुन्त गरुन् किनकि यो युद्धमा दैनिक मानिसको मृत्यु भइरहेको छ ।’

सोमवार, ७ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान