Trending
काठमाडौँ – कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ तेस्रो साताबाट सुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
सोही आधारमा बोर्डले शुक्रबार साँझ परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ। परीक्षा समय बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ।