Trending
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी कुल ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा ३ हजार ९९६ सक्रिय संक्रमित छन् भने ३९२ जना संक्रमणमुक्त भएका छन् । आज मुत्यु हुनेको संख्या भने शुन्य रहेको छ ।