काठमाडौँ – मकवानपुरको मनहरिमा शुक्रबार यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुईजनाको सनाखत भएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हेटौँडाबाट चितवनतर्फ गइरहेको ना ४ ख ४४५४ नम्बरको बस आज बिहान ८ः३० बजे मनहरि–६ को कुलचोकमा दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको भएको मनहरिस्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घाइते भएकाहरूलाई चितवन अस्पताल पठाइएको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।

शुक्रबार, ४ चैत्र, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान