Trending
काठमाडौँ – अष्ट्रेलिया र जापानले पनि रुसमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । अष्ट्रेलियाले रुसका धनाढ्य एवम् राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ ओलेग डेरिपास्का र भिक्टोर भेक्सेल्बर्गविरुद्ध प्रतिबन्धको घोषणा गरेको हो ।
त्यस्तै, अष्ट्रेलियाले रुसको केन्द्रीय बैंकसहित ११ बैंक र संस्थानहरूमाथि पनि प्रतिबन्ध लगाएको छ । पछिल्लो प्रतिबन्धले रुसको सरकारी ऋण जारी र व्यवस्थापन गर्ने कार्यलाई प्रहार गरेको अष्ट्रेलियाको विदेश मन्त्रालयको दाबी छ ।
त्यसैगरी जापानले पनि थप १५ रुसी नागरिक र ९ संस्थालाई प्रतिबन्ध लगाएको घोषणा गरेको छ । जापानी प्रतिबन्धमा पर्नेमा रुसको सरकारी स्वामित्वको हतियार कम्पनी रोसोबोरोनएक्स्पोर्ट पनि समावेश छ ।