Trending
काठमाडौँ – रुसी सेनाले मारिउपोलस्थित एक थिएटरमा बम विस्फोट गराएको युक्रेनले दाबी गरेको छ । युक्रेनका अनुसार यो थिएटरलाई नागरिकका लागि सुरक्षित स्थान बनाइएको थियो । डेपुटी मेयर सर्गेई ओर्लोभले बीबीसीलाई बताएअनुसार भवनमा १,००० देखि १,२०० मानिस थिए । हमलामा कति हताहती भए भन्ने यकिन हुन सकेको छैन ।
मारिउपोलको प्रशासनले विज्ञप्ति जारी गरी रुसी सेनाले जानीजानी र दुर्भावनापूर्ण थिएटरलाई नष्ट गरेको बताएको छ । विमानले भवनमा बम खसालेको उसको दाबी छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै रुसले जानाजानी थिएटरलाई निशाना बनाएको आरोप लगाएका छन्।
बीबीसीका अनुसार यस थिएटरमा धेरै बालबालिका र वृद्धवृद्धा बसेका थिए । समाचार एजेन्सी आरआईएका अनुसार आक्रमणको खबर आएको केही घण्टामै रुसको विदेश मन्त्रालयले आफ्ना तर्फबाट थिएटरमा कुनै हमला नभएको दाबी गरेको छ।