Trending
काठमाडौँ – रुसको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित १२ अमेरिकी नेताहरूमाथि प्रतिबन्ध लगाएको छ । विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोएड अस्टिन, सञ्चारमन्त्री जेन साकिलगायत बाइडेन प्रशासनका प्रमुख अधिकारीहरूमाथि प्रतिबन्ध लगाइएको हो । तर, आश्चर्यजनक यसमा हिलारी क्लिन्टन र बाइडेनका छोरा हन्टरको नाम पनि उल्लेख छ ।
यस सूचीमा समावेश व्यक्तिहरूअब रुस प्रवेश गर्न पाउँने छैनन् । रुसमा उनीहरूको कुनै सम्पति भए त्यसलाई पनि जफत गरिने बीबीसीले जनाएको छ । हाल रुस विश्वमै सबैभन्दा बढी प्रतिबन्ध लगाइएको मुलुक बनेको छ ।