Trending
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८५ एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी कुल ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा चार हजार ५७४ सक्रिय संक्रमित छन् भने २१३ जना संक्रमणमुक्त भएका छन् । आज मुत्यु हुनेको संख्या भने शुन्य रहेको छ ।