Trending
काठमाडौँ – महानगरीय प्रहरी परिसर, टेकुले होली पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना बनाएको छ । होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौँ प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
यसपालि होलीमा कम्तिमा १३ ठाउँ विशेष कार्यक्रम हुँदैछन् । त्यसलाई लक्षित गरेर एक हजार ६४९ जना प्रहरी जनशक्ति खटिने मैनालीले बताउनुभयो । उहाँका अनुसार २५ वटा मोबाइल टोली, ३७ पैदल गस्ती, ८७ क्वीक रेस्पोन्स टिम र २८ स्थानमा चेकिङ हुनेछ । यसपालि होली खेल्न बाधा नभएपनि कोही कसैको इच्छा विपरित जबरजस्ती रंग दले कारबाही हुने एसपी मैनालीले बताउनुभयो ।
बाटोबाट हिँड्ने व्यक्तिलाई घरको छतबाट फोहोर पानी फाल्ने र लोला हान्ने काम गरे कारबाही हुने पनि उहाँले बताउनुभयो । कुनै घटना भए तत्काल नजिकका प्रहरी वा १०० मा फोन गरेर जानकारी गराउन पनि उहाँले अपील समेत गर्नुभयो ।