Trending
काठमाडौँ – संखुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । यस्तै‚ घाइतेलाई जनही ५० हजार रूपैयाँ उपचार खर्च दिने उपलब्ध गराउने भएको छ । सोमबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिनुभयो ।
गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना भएको थियो । दुर्घटनाका मृतकको मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारक समेत बनाउने निर्णय पनि भएको लिङथेपले बताउनुभयो । स्मारकमा घाइते र मृतकको नाम लेखिने बताइएको छ ।
मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।