Trending
काठमाडौँ – युक्रेनको राजधानी किएभस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई तत्काल युक्रेन छाड्न पुनस् आग्रह गरेको छ। जारी रुसी हमलाले त्यहाँको सुरक्षा अवस्था ‘हिंसात्मक तथा अनुमान गर्न नसकिने’ हुन थालेको दूतावासले उल्लेख गरेको छ ।
यात्रामार्ग र त्यसका जोखिमबारे पनि निकै सोचविचार गर्न दूतावासले आफ्ना नागरिकलाई अनुरोध गरेको बीबीसीले उल्लेख गरेको छ। सडकहरूमा भिड हुनसक्ने, लडाइँ भइरहेको हुनसक्ने वा पूर्वाधार नै ध्वस्त भएको हुनसक्ने बारे ख्याल गर्न भनिएको छ ।