Trending
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा ३० जना र २ हजार ८२४ एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी कुल ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा पाँच हजार ५० सक्रिय संक्रमित छन् भने १९२ जना संक्रमणमुक्त भएका छन् । आज मुत्यु हुनेको संख्या भने शुन्य रहेको छ ।