काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा अमेरिकाले सैन्य हस्तक्षेप नगर्ने बताएका छन् ।

उनले अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ तेस्रो विश्वयुद्ध सुरु गरे सरह हुने चेतावनी समेत दिए । युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ।

यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन् । जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको छ । उनले अमेरिकाले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने समेत बताएका छन् ।

रुसले भने संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा, युक्रेनमा अमेरिकाको सहयोगमा जैविक हतियारका गतिविधिहरू भएको दाबी गरेको छ। उसले यथेष्ट प्रमाणविना नै युक्रेनका ३० वटा प्रयोगशालामा जैविक हतियार विकास भइरहेको बताएको हो ।

 

शनिबार, २८ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान