Trending
प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
प्रतिनिधिसभा सचिवालयले आइतबारको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो।
आइतबार प्रतिनिधिसभाको बैठक १ बजे बस्ने संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन्।
त्यसअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान भएको उनले बताए।
आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गर्नेछन्।
त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी)माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ।
एमसीसीमा सत्ता गठबन्धन तथा प्रमुख विपक्षी गठबन्धनबीच सहमति भइसकेको भने छैन।