प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल भएको छ ।

अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी टेबल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।

सो क्रममा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका उल्लेख्य सांसदहरु पनि प्रस्ताव बाचन हुँदै गर्दा नाराबाजी गरिरहेका थिए भने राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसद पनि नारावाजीमा उत्रिएका थिए ।

सत्तारुढ दलको आजै बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको थियो भने त्यसपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीसम्बन्धी कार्यसूची तय गरेको थियो ।

यसैबीच प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ ।

विवादित बनेको एमसीसी संसदमा टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।

 

 

आइतवार, ८ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान