नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई संसद्‍मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ।

शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले एमसिसी संसद्‍मा टेबल गर्न नरोक्ने तर यथास्थितिमा पारित गर्न भने नदिने निर्णय गरेको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले संशोधन गरेरमात्र एमसिसी पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले बताए।

यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।

एमसिसीको बारेमा पार्टीको १२ औँ सचिवालय बैठकले झलनाथ खनालको संयोजकत्वमा प्रमेश हमाल, विजय पौडेल र जगन्नाथ खतिवडासहितको अध्ययन कार्यदलको बनाएको थियो।

सो कार्यदलले १४ औँ बैठकमा एमसिसीबारे रिपोर्ट प्रस्तुत गरेको थियो। सोही रिपोर्टबारे खनालले विवरण प्रस्तुत गरेका थिए। आजको बैठकमा २५ सदस्यले धारणा राखेका थिए।

सत्ता गठबन्धनका दलहरूबीच एमसिसीबारे साझा मत बन्न सकेको छैन। कांग्रेसबाहेकका दलहरू एमसिसीको बिपक्षमा देखिएका छन्।

 

 

शनिबार, ७ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान