कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गरेका हुन ।

गत मङ्सिरमा सम्पन्न राप्रपाको निर्वाचनमा राजेन्द्र लिङ्देनसँग थापा अध्यक्षमा पराजित भएका थिए । थापाले महाधिवेशनमा निर्मल निवासले हराएको निष्कर्ष निकाल्दै छानबिन गर्नुपर्ने माग गरेका थिए । तर, लिङ्देनले यस विषयमा कुनै चासो नदेखाएपछि थापाले नयाँ पार्टी गठन गरेका हुन ।

लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालमा थापा अध्यक्ष बनेका हुन । लाक्पाले थापालाई अध्यक्ष स्वीकारेर पार्टी कमल थापाको जिम्मा लगाएका हुन ।

तत्कालीन राप्रपा नेपाल राप्रपामा समाहित भएपछि लाक्पाले राप्रपा नेपाल आफ्नो नेतृत्वमा दर्ता गराएका थिए ।

शनिबार, ७ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान