पूर्वउपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। पार्टी एकीकरणपछिको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्।

पार्टी एकीकरणअघि पनि थापा राप्रपा नेपालको अध्यक्ष थिए। आफ्नो नेतृत्वमा पुनः राप्रपा नेपाल पार्टी दर्ता गरेपछि थापाले आफ्नै घरमा फर्किएको प्रतिक्रिया दिएका थिए।

शनिवार बिहान साढे ११ बजे राष्ट्रियसभा गृह भृकुटीमण्डपमा पार्टीको घोषणा सभा आयोजना गरिएको छ। राप्रपाले यअसघि राजतन्त्रसहितको हिन्दु राष्ट्रको एजेण्डा बोकेको थियो। तर‚ अब थापाले राजतन्त्र छोडेर हिन्दु राष्ट्रको मात्र एजेण्डा बोक्ने बताएका छन्।

यसैबीच अध्यक्ष थापाले एमसिसी प्रकरणमा नेपाल शक्ति राष्ट्रहरुको चेपुवामा परेको टिप्पणी गरेका छन्। उनले एमसिसी प्रकरणमा चीन र अमेरिकालाई चिढ्याउन नहुने भन्दै दुवै देशलाई विश्वासमा लिएर एमसिसी कार्यान्वयनका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

 

शनिबार, ७ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान