गत बुधबार शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभाको बैठक आज पुनः बस्दै छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल हुन्छ कि हुँदैन भन्ने आम चासो छ । यद्यपि, बैठकको कार्यसूचीमा भने एमसीसी समेटिएको छैन । यसर्थ आजको बैठकमा एमसीसी टेबुल नहुने स्पष्ट छ ।

तर, दलहरूबीच सहमति भएको खण्डमा आजै उक्त परियोजना अगाडि बढाउने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान छ । बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले एमसीसी शुक्रबार पनि संसदमा टेबुल नहुने निर्णय गरेको छ । तर, सहमति जुटाउने आज शुक्रबार बिहान १० बजे पनि गठबन्धन दलहरूको बैठक बस्दैछ । जुन बैठकलाई ‘निर्णायक’ समेत भनिएको छ ।

संसद बैठकको कार्यसूची अनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।

संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । त्यसले बैठकका कार्यसूची तय गर्नेछ । अवरोध खुलाउने विषयमा पनि छलफल हुने छ ।

शुक्रबार, ६ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान