अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ।

बिहीबार साँझ बालुवाटारमा झण्डै तीन घण्टा बैठक बसेको थियो । गठबन्धनमा सहमति नहुँदा शुक्रबार टेबुल गर्नेरनगर्ने अन्यौल भएको छ ।

बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सत्ता गठबन्धनको मुख्य दल कांग्रेस एमसीसी टेबुल गर्ने पक्षमा छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षमा छन् ।

एमसीसीमा सहमति खोज्न बिहीबार बिहान प्रधानमन्त्री शेरबादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

बिहीबार नै सिंहदरवारमा दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको थियो ।

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, कानून मन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

 

बिहिबार, ५ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान