Trending
अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज संसदमा टेबल नहुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो ।
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच बिहीबार सत्ता गठबन्धनको बैठक बोलाउने पनि सहमति भएको छ ।
एमसीसीबारे अन्तिम छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहीबार दिउँसो ३ बजेका लागि सत्तारुढ गठबन्धनको बैठक बोलाइएको हो ।