नेपाली काँग्रेसले कार्यकाल सकिएका पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ ।
मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महिला संघ, दलित संघ, तरुण दल, नेविसंघलगायतका कार्यकाल सकिएका भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
मुस्मिल संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता महतले जानकारी दिए ।
विघटन गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ भने नयाँ कमिटी ल्याउने अधिकारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
यसैगरी, काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिना देशव्यापी संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । बैठकले यही फागुन २० गतेदेखि २० गतेसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको महतले जानकारी दिए ।