नेपाली काँग्रेसले कार्यकाल सकिएका पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ ।

मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महिला संघ, दलित संघ, तरुण दल, नेविसंघलगायतका कार्यकाल सकिएका भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

मुस्मिल संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता महतले जानकारी दिए ।

विघटन गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ भने नयाँ कमिटी ल्याउने अधिकारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

यसैगरी, काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिना देशव्यापी संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । बैठकले यही फागुन २० गतेदेखि २० गतेसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको महतले जानकारी दिए ।

मङ्लबार, ३ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान