नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले भोलिको संसद् बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेश हुनसक्ने जानकारी दिए ।

काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो अधिवेशनमा भोलि नै पेश हुने सम्भावना रहेको जानकारी दिए ।

नेता महतले एमसीसी नेपालको हितमा रहेको जानकारी दिए । ‘अहिलेसम्म धेरै देशहरुमा एमसीसी चलिरहेको छ । ती देशहरुमा न अमेरिकी सेना पुगेका छन् न कुनै हस्तक्षेप भएको छ,’ उनले भने, ‘हामीकहाँ मात्रै विकासका लागि आउने अनुदानबारे भ्रम फैलाइएको छ ।’

साथै, उनले प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि नै फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता संसदबाट अनुमोदान गराउने प्रतिवद्धता जनासकेको जानकारी दिए । त्यसका लागि अब डेढ हप्तामात्रै बाँकी रहेको समेत उनले बताए ।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । बुधबारको बैठकमा एमसीसी सम्झौता छलफलका लागि पेश गर्नेबारे समेत बैठकमा छलफल भएको उनले बताए ।

मङ्लबार, ३ फाल्गुन, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान