नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको काँग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।

यससँगै छिटफुट रुपमा बाँकी रहेका वडा, पालिका तहका अधिवेशन भने फागुन १० गतेभित्र गर्ने निर्णय भएको काँग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।

‘फागुन १३ मा प्रथम चरणको निर्वाचन छ । प्रथम चरणमा सभापतिको ५० प्रतिशत प्लस मत क्रस हुन सकेन भने दोस्रो चरणको निर्वाचन फागुन १४ गते नै हुन्छ’ उनले भने ‘फागुन १५ गतेसम्म महासमिति सदस्यको निर्वाचनसहित १४ औं महाधिवेशनबाट बाँकी रहेका अन्य अधिवेशन सम्पन्न हुनेछ ।’

यस विषयमा काँग्रेसको शुक्रबार बसेको केन्द्य्रीय कार्यसम्पादन समितिलाई पनि जानकारी गराइएको उनले बताएका छन ।

शुक्रबार, २८ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान