Trending
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका उपाध्यक्ष कैलाश कटवालले राप्रपा परित्याग गरेका छन् ।
राप्रपा कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेसंगै उन्ले पनि आजबाट राप्रपाको कुनै पदमा नरहने भन्दै राप्रपा परित्याग गरेको घोषणा गरेको जनाएको छन् । कमल थापाले नेतृत्व गरेको तत्कालिन राप्रपा नेपालबाट राजनीतिक यात्रा शुरु गरेका कटवाल कट्टर राजावादीका रुपमा चिनिन्थे ।

राप्रपाको युवा संगठलाई बलियो बनाउन उन्को भूमिका महत्वपूर्ण थियो । कट्वालले राप्रपाको नेतृत्वमा हुने जुनसुकै आन्दोलनको अग्रपंक्तिमा रहेर भूमिका निभाएकाछन् । युवा परिचालनमा अब्बल मानिने कटवाल छोटै समयमा राप्रपाको महत्वपूर्ण जिम्मेवारीमा पुगेका हुन् ।
कटवालले एक प्रेस बिज्ञप्ति मार्फत राप्रपाबाट आफू अलग भएको घोषणा गरेका हुन् ।