नेकपा (एकीकृत समाजवादी)ले एमसिसीको सम्भौताको बिरोध गर्दै फागुन १ गते मुलुकभर प्रदर्शन गर्ने भएको छ ।

बुधबार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले देशभरी प्रदर्शन गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार फागुन १ गते दिउसो २ बजे प्रदर्शन समय निर्धारण गरिएको छ । एकसाथ हुने एमसिसीको बिरोध प्रदर्शनमा पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई तयारीमा जुट्न निर्देशन दिने बैठकले निर्णय गरेको मोर्चा संगठनका प्रमुख विजय पौडेलले बताएका छन् ।

सरकारले आगामी फागनु २ गते बस्ने संसदको बैठकबाट एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको छ । अमेरिकाले पनि एसिसीबारे चाँडो निर्णय दिन नेपाल सरकारलाई दबाव दिइरहेको छ ।

यथाशिघ्र एमसिसी पास नगरे फिर्ता लैजाने अमेरिकाले सरकारलाई बताउदै आएको छ । एमसिसीको बिरोध नेपालमा जनस्तरबाटै भइरहेको छ । साथै बुधबार काठमाडौंमा सात दलले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेको थियो ।

 

बिहिबार, २७ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान