नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ। बिहीवारका लागि तय भएको कार्य सम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ। पदाधिकारी बैठक मंगलवार पनि बसेको थियो। मंगलवारको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए।

बुधवार सभापति देउवासहितको बैठक बस्न लागेको सहमहामन्त्री पाण्डेले बताए। मंगलवारको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनावलगायत विषयमा छलफल भएको बताइएको छ।

बिहीवार बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुने बताइएको छ।

 

बुधबार, २६ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान