एजेन्सी / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णय संविधानसम्मत रहेको बताएका छन्।

थापाले मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा सरकारले तोकेको स्थानीय तहको निर्वाचनको मिति संविधानको मर्मअनुरूप भएको उल्लेख गरेका छन्।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,’ उनले लेखेका छन्‚ ‘संविधानको मर्म अनुरूप छ।’

महामन्त्री थापाले निर्वाचनको मिति तोकिएसँगै निर्वाचन टार्ने गरी भएका बहससमेत सकिएको बताएका छन्। साथै उनले संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई नभएको समेत सचेत गराएका छन्।

‘स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ‚’ उनले उल्लेख गरेका छन्‚ ‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ, संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन।’

मङ्लबार, २५ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान