नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले आगामी केन्द्रीय समितिको बैठकबाट पदाधिकारी चयन गर्ने भएको छ । दाबी गर्नेको सङ्ख्या धेरै भएपछि महाधिवेशन सकिएको एक महिनासम्म पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । यही माघ २७ गते हुने केन्द्रीय समितिको बैठकबाट पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय सदस्य टुङ्गो लगाइने भएको छ ।

बैठकमा पदाधिकारी चयन भएपछि स्थानीय निर्वाचनबारे रणनीति बनाउनुका साथै महाधिवेशनले निर्देशन गरेअनुरूप योजना र कार्यनीति बनाइने भएको छ । माओवादी नेता हरिबोल गजुरेलले भने, “माघ २७ गतेको केन्द्रीय समितिको बैठकले पदाधिकारीसहितको पार्टी संरचना निर्माण गर्नेछ । त्यसको तयारी भइसकेको छ । ” स्थानीय निर्वाचन घोषणाको तयारी भइरहेकाले पनि अब ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

गत पुस १२–१९ गतेसम्म काठमाडौँमा सम्पन्न माओवादी केन्द्रको आठौँ महाधिवेशनले २९९ मध्ये २३६ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो तर पदाधिकारी र स्थायी समिति चयन नगरी महाधिवेशन सम्पन्न गरिएको थियो । विषेश गरी महासचिवमा सहमति हुन नसक्दा महाधिवेशनले पदाधिकारी चयन गर्न नसकेको हो ।

महासचिवमा नेता वर्षमान पुन, जनार्दन शर्मा, देव गुरुङ, पम्फा भुसाललगायत नेताको चर्चा महाधिवेशनमै भएको थियो । पुन स्वदेश फर्किसकेका छन । उनीहरूमध्ये नेता पुन र शर्माबीच बढी नै चर्चा छ । महाधिवेशनका बेला नेता वर्षमान पुन उपचारका लागि चीनमा थिए ।

पदाधिकारीको सङ्ख्या विधानमा तोकिएको छैन । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र बाँकी सचिव रहने गरी तयारी भएको छ । नेता गजुरेलले आकाङ्क्षी धेरै भए पनि सहमतिमै पदाधिकारी चयन गरिने बताए । आकाङ्क्षीबीच सहमति हुन नसके दोस्रो विकल्पबाट भए पनि महासचिव र पदाधिकारी चयन गरिने भएको छ ।

आइतवार, २३ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान