निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ।

श्रीले ८० सिट क्षमताको क्यू ४००-८ जहाज थपेको हो। योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्  ।

श्री एयरलाइन्सले एक महिना अघिमात्रै एक जहाज भित्र्याएको थियो। कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो।

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौं विमानस्थलमा अवतरण गरेको जानकारी दिए । क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन्। उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौं आइपुगेको कम्पनीले जनाएको छ।

श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सिआरजे ७०० (७० सिटे) दुई थान जहाजमार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ।

थपिएका जहाजमार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिए।

-रासस

शनिबार, १५ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो