नबिल बैंकका ग्राहक तथा सेवाग्राहीले बैंकको सेवा लिन जाँदा अनिवार्यरूपमा खोप कार्ड देखाउनु पर्ने भएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यअनुरूप बैंकले खोप कार्डलाई अनिवार्य गरेको बताएको छ । कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरेको निर्णयबमोजिम नै बैंकले सेवाग्राही र ग्राहकका लागि खोप कार्ड अनिवार्य गरेको बैंकको भनाइ छ ।

बैंकले एक सूचना जारी गर्दै बैंकका सबै कार्यालयहरूमा खोप कार्ड हेरेर मात्रै प्रवेश दिनुपर्ने भएकाले बैंकको कुनै पनि शाखा वा कार्यालयहरूमा सेवा लिन आउँदा खोप कार्ड बोकेर आउन आग्रह गरेको छ । कार्ड साथमा नभएको अवस्थामा कार्डको फोटो मोबाइलमा भए पनि हुने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

महामारीको समयमा बैंकले अवलम्बन गरेको नीतिबाट सेवाग्रही तथा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना समेत गरेको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरू काठमाडौं, भक्तपुर र ललितपुरले संयुक्त ओदेश जार्दै गर्दै शनिबारदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ । सोही सन्दर्भमा सार्वजनिक सेवा लिन सबैले खोप कार्ड अनिवार्य (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्नुपर्ने प्रशासनको आदेश छ । आदेशबमोजिम नबिल बैंकले आफ्नो सेवाग्राहीका हकमा पनि यस्तो नियम लागू गरेको हो ।

 

आइतवार, ९ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !