Trending
प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठक नबस्ने भएको छ ।
सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज प्रधानमन्त्रीले सर्वदलीय बैठक नै नबोलाएको बताएका छन ।
प्रवक्ता कार्कीले संसद खुलाउने र आगामी स्थानीय तहको चुनावलगायतका विषयमा आवश्यक परे छलफलपछि सर्वदलीय बैठक बोलाउने बताए ।
शुक्रबार सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकपछि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएको समाचार बाहिरिएको थियो । तर प्रमुख प्रतिपक्ष एमालेले आफूहरूलाई बैठक भएको जानकारी नै नभएको बताएको थियो ।