प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।

सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने अभियान जारी रहेको उनको भनाइ छ । प्रधानमनत्री देउवाले विगतमा चैत मसान्तसम्ममा सबै नागरिकमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइने गरिएको प्रतिबद्धता अनुरुप सो अभियान अघि बढेको बताए ।

खोप अभियानका लागि संघ, प्रदेश र केन्द्रलगायत तीनै तहका सरकारले प्रभावकारी समन्वय गरिरहेको उनको भनाइ छ ।

कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको उनले बताए । जनस्वास्थ्यको मापदण्ड पालना गर्दै सामाजिक क्रियाकलाप एवम् नियमित कार्य सुचारु गरिएको उनको भनाइ छ।

प्रधनमन्त्री देउवाले अहिलेको अवस्थामा अग्रभागमा रहेकालाई बुष्टर डोज उपलब्ध गराइएकोमा आगामी दिनमा बाबालबालिका,वृद्धवृद्धा एवम् सबैमा यो खोपको उपलब्धता गराइने बताए । बालबालिकालाई खोपको अभियान छिट्टै प्रारम्भ हुने उनले बताए ।

साथै प्रधानमन्त्री देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन । उनले एक वर्षभित्र तीन तहका चुनाव गर्नुपर्ने कार्यभार रहेको उल्लेख गरे ।

सरकार गठन भएको छ महिना पुगेको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका हुन । उनले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराएका हुन ।

हेर्नुहोस सम्वोधनको पूर्णपाठ

शुक्रबार, ७ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान