नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संविधानले स्थानीय तहको रिक्तता कल्पना नगरेको बताएका छन ।

निर्वाचनको विषयमा निर्णय गर्दा स्थानीय तह रिक्त हुनपूग्छ भने त्यो असंवैधानिक हुने उनको भनाइ छ । सरकारले स्थानीय तहको भन्दा पहिला संघीय संसद्को निर्वाचन गर्ने विषयमा छलफल चलाएपछि महामन्त्री थापाले यस्तो बताएका हुन ।

सामाजिक सञ्जालमा सक्रिय थापाले असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको सरकार हरेक निर्णय गर्दा संविधानको कसीमा सही हुनुपर्ने उनको भनाइ छ । यो विषयमा काँग्रेस प्रष्ट हुनुपर्नेमा उनले जोड दिए ।

‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ’, थापाले ट्वीटरमा लेखेका छन, ‘काँग्रेस प्रष्ट छ– असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ ।’

बिहिबार, ६ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान