प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । टियु मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो ।

उपाधिसँगै एपिएफले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले तीन लाख रुपियाँमा चित्त बुझाएको छ । एपिएफले दिएको एक सय ५८ रनको विजय लक्ष्य पछ्याएको पुलिस २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो ।

पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । दिलिप नाथले २३, आरिफ शेखले १२ र अनिल शाह १० रन बनाए । बलिङमा एपिफका किशोर महतोले तीन विकेट लिएभने अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले एक एक विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले १९.५ बल ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । एपिएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए । लोकेश बमले २७, सन्दीप जोराले २४, कप्तान शरद भेषवाकर १९ र भुवन कार्कीले १७ रन बनाए ।

बलिङमा पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले तीन तीन विकेट लिए । गुलशन झाले दुई तथा आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एक एक विकेट लिएका थिए । एपिएफका किशोर महतो फाइनल खेलको प्लेयर अफ दि म्याच भए ।

प्रतियोगितामा लुम्बिनीका अनिल खरेल उत्कृष्ट बलर, पुलिसका कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान, एपिएफका आशिफ शेख सर्वोत्कृष्ट खेलाडी भए । उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ३० हजार रुपियाँ पुरस्कार पाए ।

विजेता खेलाडीलाई अर्थमन्त्री जनार्दन शर्मा, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द लगायतले पुरस्कार प्रदान गरेका छन । यसअघि एकदिवसीय ढाँचामा सञ्चालन हुन्दै आएको प्रधानमन्त्री कप पहिलो पटक टी–२० ढाँचामा खेलाईएको हो ।

क्यानले ओमानमा आयोजना हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटलाई मध्यनजर गरेर टी–२० ढाँचामा प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सात प्रदश र तीन विभागीइ टोलीसहित १० टोलीको सहभागिता रहेको थियो ।

बुधबार, ५ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो