प्रदेश नम्बर २ को प्रदेशसभामा आज सोमबार प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन मतदान हुने भएको छ ।

प्रदेशसभामा विभिन्न दलहरुहरुले पेश गरेका नाम र स्थायी राजधानी सम्बन्धि प्रस्तावमा आज मतदान गराउने कार्यसूचि रहेको छ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समिति पनि सहमति जुटाउन असफल भएपछि मतदानमा जाने निर्णय गरिएको हो ।

२ नम्बर प्रदेशलाई ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ नाम राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेका छन् । यस्तै, स्थायी राजधानीमा जनकपुरधाम र बीरगञ्ज प्रस्ताव गरिएको छ ।

संविधान अनुसार यी दुवै प्रस्ताव दुई तिहाई बहुमतले पारित हुनुपर्दछ । तर प्रदेशसभामा कुनै पनि दल वा गठबन्धनको दुई तिहाई बहुमत नरहेकाले दुवै प्रस्ताव असफल हुने देखिएको छ ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टीबीच मोर्चाबन्दीको प्रयास पनि भईरहेको छ । २०७६ चैतमा पनि नाम र राजधानी सम्बन्धि प्रस्तावमा मतदान हुँदा दुई तिहाई नपुगेर असफल भएको थियो ।

प्रदेश सभामा अहिले सभामुखसहित १०४ जना सासद रहेका छन् । दुई तिहाइको संख्या पुर्‍याउन कम्तिमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ गरि ६३ प्रदेश सांसद रहेका छन् ।

सोमवार, ३ माघ, २०७८ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान