Trending
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले संखुवासभास्थित अध्ययनरत अपर अरुण आयोजनामा संखुवासभावासी हावी हुनुपर्ने बताउनुभएको छ ।
संखुवासभा काठमाडौ जर्नालिष्ट एशोसियसनले काठमाडौमा गरेको कार्यक्रममा उहाँले संखुवासभावासी बेलैमा सचेत नभए यस आयोजनामा विश्व बैंक र नेपाल बिद्युत प्राधिकरण हावि हुने संकेत गर्नुभयो । देशकै सबै भन्दा सस्तो र आकर्षक आयोजना भएकाले यो आयोजना संखुवासभावासी र प्रदेश–१ का नागरिकले बनाउनु पर्नेमा उहाँको जोड छ ।
राम्रो आयोजना भएकाले सबैको चासो भएको र बिश्व बैक र अन्य कम्पनीको हातमा गए आयोजना नबन्ने, लम्बीने र संखुवासभाबासीले दुःख पाउने उहाँले बताउनुभयो । ४ हजार बढी मेघावाट क्षमताको जलभण्डार जिल्लामा रहेको भन्दै अपर अरुण आयोजना छिटो भन्दा छिटो जनताको शेयरमा बन्नुपर्छ भन्ने कुरामा माओवादी केन्द्र र अन्य राजनीतिक दलको धारणा रहेको उहाँको भनाई छ । यसमा सबै राजनीतिक दलसंग छलफल भई रहेको पनि उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य कार्कीले सबैतिर चर्चाको केन्द्र बनेको १ हजार ६१ मेघावाट क्षमताको अपर अरुण आयोजना प्रदेश–१ र मुख्य गरी संखुवासभा र भोजपुरका नागरिकले बनाउनुपर्ने बताउनुभयो । विश्व बैंकले सर्भेको काम अन्तिम चरणमा पु¥याएको भन्दै कुन मोडालिटीमा बनाउने भन्ने बिषमा बहस भई रहेको पनि उहाँले बताउनुभयो । नेपाल बिद्युत प्राधिकरणसंग लाईसेन्स रहेको र यसकै सहायक कम्पनी अपर अरुण जलबिद्युत आयोजना कम्पनी लिमिटेडले अध्ययन गरी रहेको उहाँको भनाइ थियो ।

केहि नीतिगत निर्णय हुन बाँकी रहेको र बित्तिय व्यवस्थापन कसरी गर्ने भन्नेमा यो कार्य अड्कीएको उहाँले बताउनुभयो । उर्जा मन्त्री पम्फा भुषाल, अर्थमन्त्री जनार्दन शर्मासंग पटक–पटक छ्रलफल भएको उहाँको भनाई थियो । माओवादी केन्द्र यस आयोजनामा संखुवासभावासी हावी हुनु पर्छ भन्नेमा प्रष्ट रहेको उहाँले बताउनुभयो । बेलैमा चासो नराखे पछि पर्ने भन्दै सबै राजनीतिक दलबीच आपसी समझदारी गरी साझा धारणा बनाउने उहाँको भनाई छ ।
यसमा संखुवासभावासीको शेयर पहिलो प्राथमिकतामा रहेको र सबै राजनीतिक दल बसेर नीतिगत निर्णय गरेर टुंग्याउने उहाँको भनाई छ । नीति र कानुन बनी रहँदा चुप लागेर बसे पछि परीने भन्दै बेलैमा सचेत हुन सबैलाई उहाँले आग्रह गर्नुभयो । यो आयोजना नेपालको पानी नेपालीकै लगानीमा बन्नु पर्ने उहाँको धारणा थियो ।
‘हामीले छलफललाई जारी राखेका छौ । प्रधानमन्त्री शेरबहादुर देउवा र सबै राजनीतिक दलका शिर्ष नेतालाई जानकारी गराई सकेका छौ’ उहाँले भन्नुभयो । उहाँले जिल्लाका राजनीतिक दल,नागरिक समाज, बुद्धिजिबी,जलस्रोतविद् र सञ्चारकर्मीलाई लाग्न पनि आग्रह गर्नुभयो ।